११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

पूर्खाको सीप कला हस्तान्तरणले समाज समृद्ध बन्छः मन्त्री बराल



बिष्णु कुमार आले, अर्घाखाँची ।

५ नम्बर प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन बरालले पूर्खाको सीप कलालाई नयाँ पुस्तालाई हस्तान्तरण गर्नु पर्ने बताएका छन् ।

जेष्ठ नागरिक जिल्ला संघ अर्घाखाँचीद्वारा सन्चालित सन्धिखर्क नगरपालिका–४ वाङ्गला आमडाँडामा निर्मित बैकुण्ठपुरी संग्रहालयको उद्घघाटन गर्दै मन्त्री बरालले सो कुरा बताएका हुन् ।

उहाँले पुर्खाहरूले आर्जन गरेका ऐतिहासिक बस्तु, सीप, कलालाई बचाउन प्रदेश सरकार लागि परेको बताउदै यो संग्रालयको स्थापनाले अर्घाखाँचीको पर्यटन प्रबर्द्धनमा टेवा पुग्ने बताए ।

मन्त्री बरालले  सरकारले सबै काम गरि दिन्छ भनेर मुख ताक्ने चलनको अन्त्य गर्दै सरकारले ल्याएका कामहरूलाई राजनितिक दल, आमनागरिक तथा समाजका सबै संयन्त्रले ईमान्दारीताका साथ कार्यान्वयन गरे सोचे जस्तो परिणाम हासिल गर्न सकिने उनको भनाई छ । सरकारले दिर्घकालीन राष्ट्रिय कार्यक्रम ल्याएको बताउँदै, सरकारले केही गरेन भन्नू झुठ र पूर्वाग्राही सोच भएको बताए ।

कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख पिताम्वर शर्मा, सन्धिखर्क नगरपालिका कार्य वाहक नगर प्रमुख ठाकुर कुमार वि.क. किशोर, नेकपा जिल्ला कार्यालय सदस्य जनार्दन खनाल, नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि सफर मियाँ, नेपाल  पत्रकार महासंघ अध्यक्ष हिम लेकाली लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

उक्त कार्यक्रममा ९३ बर्षीय ज्ञान बहादुर राना भाटलाई सम्मान गरिएको छ । संग्राहलयमा पुर्खाको हातबाट बनाईएका घरायसी प्रयोजनका दुईसय भन्दा बढि विभिन्न सामग्रीहरू राखिएको छ ।

संस्थाका अध्यक्ष निम बहादुर रिजालको अध्यक्षता, सदस्य उमा रिजालको स्वागत  र सचिव गोपाल प्रसाद पन्थीको सन्चालनमा कार्यक्रम  सम्पन्न भएको  थियो ।

यसै अवसरमा मन्त्री बरालले आजै पाणिनि बहुमुखी क्याम्पस तथा अर्घाखाँची अस्पतालको अनुगमन तथा निर्देशन गर्नु भएको छ । अनुगमन गर्दै उहाँले प्रदेश सरकार बाट दुबै संस्थालाई स्तरउन्नतीका लागि  भरपुर सहयोग गर्ने बचन समेत दिएका छन् ।

प्रकाशित मिति : २१ कार्तिक २०७६ बिहिबार ००:००  ७ : १७ बजे