मायादेवी अनलाइन, चन्द्रौटा ।
कपिलवस्तुको पश्चिमी क्षेत्रमा रहेको शिवराज नगरपालिकाको भवनको काम सुरु गर्न अदालतले आदेश दिएको छ ।
यो संगै ठेक्का समेत भएर रोकिएको काम सुचारु हुने भएको छ । नगरपालिकाले भवन निर्माण गर्न थालेपछि यसलाई रोक्न माग गर्दै चन्द्रौटाका केही व्यक्तिले जिल्ला अदालतमा मुद्धा हालेका थिए ।
जिल्ला अदालतले उनीहरुको मुद्धालाई सदर गरेको थियो । जिल्ला अदालतले मुद्धा सदर गरेपछि नगरपालिकाले काम रोकेको थियो । यद्यपि नगरपालिका जिल्ला अदालतले गरेको फैसला प्रति विमती राख्दै उच्च अदालत बुटवल तुल्सीपुर इजलास पुगेको थियो ।
बुटवल तुल्सीपुर इजलासले जिल्ला अदालतले गरेको फैसलालाई बदर गरेर काम सुचारु गर्न भनेको छ ।
नगरपालिकाको पक्षमा फैसला आएपछि मायादेवी अनलाइनसंग कुराकानी गर्दै नगर प्रमुख नेत्रराज अधिकारीले नगरबासीको पक्षमा फैसला आएको भन्दै खुसी व्यक्त गर्नुभयो । भवनको विषय आफ्नो व्यक्तिगत विषय नभएर सिंगो नगरका जनताको विषय भएको भन्दै यसमा अदालतले न्याय गरेको तर्क गर्नुभयो ।
प्रतिक्रिया