मायादेवी अनलाइन, वाणगंगा ।
कपिलवस्तुको पुरानो गैरसरकारी संस्था सिद्धार्थ सामाजिक बिकास केन्द्रको अध्यक्षमा पुनः तेज प्रसाद आचार्य निर्वाचित हुनुभएको छ । विहीबार संस्थाको सभाहल वाणगंगा ४ जितपुर चारनम्बरमा भएको अधिवशेनले आचार्यलाई पुनः दोस्रो कार्यकालका लागि अध्यक्षमा चयन गरेको हो ।
संस्थाको उपाध्यक्षमा सूर्य कुमारी शाही, सचिवमा रोमकान्त घिमिरे, सह-सचिवमा दुर्गा प्रसाद अर्याल, कोषाध्यक्षमा हरिलाल शर्मा, सदस्यहरुमा हरि अधिकारी, त्रिलोचन घिमिरे, पवित्रा बि.क.,चेतना अधिकारी, इन्दिरा भट्टराई र नुर मोहमद मुसलवान चयन हुनुभएको छ ।
त्यस्तै शोभा आचार्य, पौडेलको संयोजकत्वमा ३ सदस्ययी लेखा समितिको चयन गरेको छ । जसको सदस्यमा थानेश्वर अधिकारी र सीता खनाल रहनुभएको छ ।
केन्द्रको २३ औं साधारण सभा तथा ११ औ अधिवेशनले नयाँ नेतृत्व चयन गरेको हो । साधारण सभामा संस्थाका सचिव रोमकान्त घिमिरेले संस्थाको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने कोषाध्यक्ष हरिलाल शर्माले आर्थिक वर्ष २०७५/०७६ को १ करोड ४ लाख बराबरको आय-ब्यय सार्वजनकीकरण गर्दै आगामी ०७६/७७ लागि प्रस्तावित कुल ५ करोड ६८ लाख २२ हजार ४ सय ७७ रुपैयाँ बराबरको अनुमानित आय-ब्यय पेश गर्नुभएको थियो ।
अधिवेशनको संस्थाका संस्थापक अध्यक्ष सागर प्रसाद श्रेष्ठले उद्घाटन गर्नुभएको थियो । २३ औं साधारणसभामा वडा नं. ८ का वडाध्यक्ष तथा पूर्व अध्यक्ष गुणनिधी भुसाल, वडा नं. ९ का वडाध्यक्ष ध्रुव बेल्वासे, पूर्व अध्यक्ष टंक प्रसाद आचार्य, पूर्व अध्यक्ष पोम नारायण पौडेल, संस्थापक सदस्य कृष्ण भुसाल लगायतले बोल्नुभएको थियो ।
प्रतिक्रिया