११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

दुई वर्षमा कर्णाली उज्यालो बनाउँने उर्जामन्त्री पुनको दाबी



सल्यान ।
ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले आगामी दुई वर्ष्भित्रमा कार्णाली उज्यालो बनाउने बताउनुभएको छ ।

कर्णाली प्रदेशका सबै बस्तीहरूमा विद्युत र्पुयाउनका लागि संघीय सरकारले युद्धस्तरमा काम गरिरहेको उहाको भनाइ रहेको छ । नेपाल पत्रकार महासंघ सल्यानले विहीबार बरलामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री पुनले सरकारले समृद्धिको सपना बोकेर काम अगाडि बढाइरहेको भन्दै अबको दुई वर्षपछि कर्णाली प्रदेशका कुनै पनि नागरिक अँध्यारोमा बस्नु नपर्ने बताउनुभएको छ ।

उहाले भन्नुभयो कर्णाली प्रदेशका ६१ प्रतिशत नागरिक अहिले पनि विद्युतको पहुँचबाट बाहिर रहेका छन् सरकारले नै विद्युतिकरणलाई प्राथमिकता दिएर काम अगाडि बढाइरहेको छ अब कुनै पनि नागरिक विद्युत सेवाबाट वञ्चित हुनु पर्दैन।’

’विद्युतीकरणमा विगतका वर्षहरूमा बजेट विनियोजन गर्दा रकम फ्रिज भएर जाने गर्दथ्यो अब त्यो वातावरण सिर्जना नगर्नुस् आफ्ना नागरिकलाई उज्यालो दिन सबै स्थानीय तहले अभियान सञ्चालन आग्रह गर्नुभयो ।

प्रकाशित मिति : २१ कार्तिक २०७६ बिहिबार ००:००  ५ : १९ बजे