११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

नयाँ नक्सा ठिक छ, नेपाली सीमाबारे कुनै परिवर्तन भएको छैन्ः भारतीय विदेश मन्त्रालय



काठमाडौं ।

भारतले आफ्नो नयाँ नक्सामा नेपाली सीमाबारे कुनै परिवर्तन नभएको दाबी गरेको छ । बिहीबार भारतीय विदेश मन्त्रालयले पत्रकार सम्मेलन गरी नयाँ नक्सामा नेपाल र भारतको सीमानाबारे कुनै परिमार्जन नगरेको बताएको हो ।

भारतले जारी गरेको नयाँ नक्सामा नेपालको कालापानी र लिपुलेक पनि समावेश गरेर औपचारिक रुपमै नेपाली भूमि हडप्न खोजेको भन्दै विरोध प्रदर्शन भइरहेका बेला भारतीय विदेश मन्त्रालयका प्रवक्ता रवीशकुमारले नयाँ नक्साले भारतको यथार्थ सार्वभौम क्षेत्रलाई समेटेको बताए । ‘नयाँ नक्साले कुनै पनि हिसाबले नेपाल भारत सीमा परिमार्जन गरिएको छैन’, उनले भने ।

प्रवक्ता कुमारले नेपालसँग जोडिएका सीमा व्यवस्थित गर्न दुइदेशीय संयन्त्रले काम गरिरहेको भन्दै द्विपक्षीय सम्बन्धका आधारमा सम्वादमार्फत समाधान खोज्ने प्रतिबद्धता समेत जनाए । ‘दुई देशबीच विवाद सिर्जना गराउने तत्वबाट दुबै देश सचेत रहनुपर्छ। विवादित विषयमा वार्ता र सम्वाद गर्न हामी तयार छौं’, उनले भने ।

 

प्रकाशित मिति : २१ कार्तिक २०७६ बिहिबार ००:००  ४ : ५४ बजे