११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

बागलुङ २ मा कांग्रेसको उम्मेदवारी दर्ता



बागलुङ ।
आगामी मंसिर १४ गते हुने उपनिर्वाचनमा बागलुङ क्षेत्र नम्बर २ प्रदेशसभा ’ख’ मा नेपाली कांग्रेसका तर्फबाट जीतबहादुर शेरचनले उम्मेदवारी दर्ता गराएका छन् । शेरचनको उम्मेदवारी मनोनयनमा सांसद ज्ञानकुमारी छन्त्याल प्रस्तावक र नरजंग घर्ती समर्थक रहेका छन् । अघिल्लो निर्वाचनमा पनि उम्मेदवार रहेका शेरचन बामगठबन्धनका तर्फबाट साझा उम्मेदवार राजमोका टेकबहादुर घर्तीसँग पराजित भएका थिए ।
सांसद घर्तीको निधनपछि हुन लागेको उपनिर्वाचनमा नेपाली कांग्रेसले पुरानै उमेदवारलाई अगाडी सारेको छ भने राजमोले नयाँ अनुहार खिमबिक्रम शाहीलाई उम्मेदवार बनाएको छ ।
राजमो उम्मेदवारलाई नेकपाले समर्थन गरेको छ । समाजवादीका तर्फबाट अशोक विक, स्वतन्त्रलगायत गरी ११ जनाले उम्मेदवारी दिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २१ कार्तिक २०७६ बिहिबार ००:००  २ : १७ बजे