दाङ ।
मंसिर १४ गते हुने उपनिर्वाचनको लागि दाङमा निर्वाचन क्षेत्र नम्बर ३ ’ख’ प्रदेश सभा सदस्य पद र घोराही उपमहानगरपालिका १६ मा वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुँदैछ । त्यसको लागि विहीबार विभिन्न राजनीति दलले मनोनयन दर्ता गरेका छन् ।
दाङमा निर्वाचन क्षेत्र नम्बर ३ ‘ख’ प्रदेश सभा सदस्यका लागि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की उम्मेदवार बिमला ओलीले मनोनयन दर्ता गर्नुभएको छ । पार्टीका नेताहरुसँग मुख्य निर्वाचन अधिकृतको कार्यालय घोराहीमा पुगेकी ओलीले मनोनयन दर्ता गराउनुभएको हो ।
यता नेपाली कांग्रेसले साढे ११ बजे मनोनयन दर्ता गरेको छ । नेपाली कांग्रेसबाट केशव आचार्यले मनोयन दर्ता गर्नुभएको हो । उपनिर्वाचनका लागि मनोनयन दर्तालाई व्यवस्थित र शान्ति पूर्ण रुपमा गराउन मुख्य निर्वाचन कार्यालयले समय समेत तोकिदिएका छ ।
साँढे १ बजेसम्म तोकिएको मनोनयन दर्ताको समयलाई शक्ति प्रर्दशनका रुपमा दलहरुले लिने भएकाले संम्भावित दुर्घटना हुन नदिन समय निर्धारण गरिएको हो । उपनिर्वाचनमा नेकपा र नेपाली कांग्रेस बीच प्रतिस्पर्धा हुने बढी संम्भावना छ ।
विहीबार नै राप्रपाबाट भुपाल रावत, राप्रपा संयुक्तबाट छोटीलाल चौधरी, समाजबादी पार्टी डिल्लीबहादुर डाँगी,साझा पार्टी सेवकराम चौधरी, राष्ट्रिय जनमोर्चाबाट डिलाराम बुढाथोकी, नेकपा मालेका हरिप्रसाद डाँगीलगायतका दलले पनि मनोनयन दर्ता गर्नुभएको छ ।
२१ कार्तिक २०७६ बिहिबार ००:००
0
Shares
प्रतिक्रिया