काठमाडौं ।
कास्कीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय नजिक बम विस्फोट भएको छ । बिहीबार बिहान राष्ट्र बैंक चोक नजिकै टुरिष्ट बसपार्कमा बम विस्फोट भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
बम विस्फोट निर्वाचन अधिकृतको कार्यालयभन्दा १०० मिटर दूरीमा भएको प्रहरीले जनाएको छ । मंसिर १४ गते हुने उपनिर्वाचनका लागि आज दलहरूले उम्मेदवार मनोनयन दर्ता गर्नुपर्ने कार्यतालिका छ ।
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाकी उम्मेदवार विद्या भट्टराई उम्मेदवारी दर्ताका लागि कार्यालय पुगेको केही समयपछि बम विस्फोटको आवाज आएको थियो ।
भट्टराईले उम्मेदवारी दर्ता गरिसकेकी छन् । बम विस्फोट गराउनेको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । बम विस्फोटको क्षतिको विवरण भने अहिलेसम्म आएको छैन । प्रहरी घटनास्थलमा पुगिसकेको छ ।
२१ कार्तिक २०७६ बिहिबार ००:००
0
Shares
प्रतिक्रिया