एजेन्सी ।
किंग्स इलेभेन पन्जाबका कप्तान तथा भारतीय सफल स्पिनर रविचन्द्रन आश्विन इन्डियन प्रिमियर लिग (आईपीएल) आगामी संस्करणका लागि दिल्ली क्यापिटल्समा आबद्ध भएका छन् ।लामो समय देखि आश्विनलाई भित्र्याउन दिल्लीले प्रयास गरिरहेको थियो ।
केहि समय अघि दिल्ली नजाने मनासय बनाएका आश्विन अन्तत जाने निर्णय लिएका हुन् । चार लेग स्पिनर रहेको दिल्लीमा अफ स्पिनर आश्विनको आगमनले टोलीमा सन्तुलन हुने अनुमान गरिएको छ । दिल्लीमा सन्दीप लामिछाने सहित मंयक मारकन्ड,अमित मिश्रा र राहुल तेवतिया गरि दिल्लीकामा चार लेग स्पिनर रहेका छन् ।
आईपीएलको अक्सन आगमी डिसेम्बर १९ मा कोलकतामा हुँदै छ । त्यसअघि नै दिल्लीले आश्विनलाई भित्र्याएको हो । योसँगै दिल्लीले चार मध्य दुई लेग स्पिनरलाई रिलिज गर्न सक्ने संभावना बढेको छ । केहि समय अघि वेस्ट इन्डिजका अलराउण्डर शरफेन रदरफोर्डलाई मुम्बईमा पठाउँदै मारकन्डेलाई टोलीमा भित्र्याएको थियो ।
आश्विन दिल्ली गएसँगै पञ्जावको कप्तान केएल राहुल बन्न सक्ने संभावना रहेको भारतीय मिडियाले जनाएका छन् । आईपीएलको अक्सन अघि सबैभन्दा बढि खर्च गर्न पाउने रकम सन्दीप सम्मिलित दिल्लीसँगनै रहेको छ । दिल्लीसँग ७।७ करोड भारतीय रुपैंया रहेको आईपीएल सञ्चालन परिषदले जनाएको छ । सन् २०१८ मा २० लाख भारतीय रुपैंयामा तीन बर्षको लागि अनुबन्ध भएका सन्दीपको दिल्लीसँग यो संस्करणनै अन्तिम हुने छ ।
सन् २०१८ मा ३ खेलमा मात्रै मौका पाएका सन्दीपले ५ विकेट लिएका थिए । गएको संस्करणमा ६ खेल खेल्दा अन्य सबैमा बेन्च बस्नु परेको थियो । गत संस्करणमा सन्दीपले ६ खेलमा ८ विकेट लिएका थिए ।
प्रतिक्रिया