काठमाण्डौँ ।
नेपाली युवा टोलीले इरानमा सुरु भएको एएफसी यू १९ च्याम्पियनसिप छनोटको यात्रा हारबाट सुरु गरेको छ । संयुक्त अरब इमेट्स ९युएई० सँग बुधबारको खेलमा नेपाली टोली ४–० ले पराजित भएको छ । २७ औं मिनेटमा नेपाली खेलाडीको आत्मघाती गोलबाट युएईको गोलको खाता खुलेको थियो ।
३८ औं मिनेटमा इशा खालिफानले गोल गर्दा पहिलो हाफमा युएई २–० ले अघि बढेको थियो ।दोस्रो हाफमा युईएले अर्को दुई गोल थप्यो । खालिफा युसुफले ७१ औं मिनेटमा र अब्दुल्ला हमाले इन्जुरी समयको छैटौं मिनेटमा गोल गर्दै युएईलाई सहज जित दिलाए ।
प्रतिक्रिया