दाङ ।
दाङको निर्वाचन क्षेत्र ३ (ख) मा नेपाली कांग्रेसबाट केशव आचार्यले टिकट पाएका छन् । कांग्रेस पदाधिकारीको लामो छलफल र बहसपछि उनलाई टिकट दिने निर्णय भएको हो ।
दाङ निर्वाचन क्षेत्र नं. ३(ख)बाट प्रदेशसभा सदस्यमा चुनाव लड्ने अवसर कांग्रेसबाट आचार्यले प्राप्त गरेको उमेदवारका आकांक्षी तथा कांग्रेस नेता जगत खड्काले बताए ।
मंगलबार मात्रै कांग्रेसका जिल्ला सचिव शंकर डाँगीले टिकट पाएको हल्ला सामाजिक संजालमा कांग्रेस नेताबाटै चलेको थियो ।
बुधबार साँझ आधिकारिक रूपमा आचार्यलाई अवसर दिएको जनाइएको हो । आचार्य पुराना र अहिलेसम्म अवसर प्राप्त गर्न नसकेका नेताका रूपमा चिनिन्छन् ।
प्रतिक्रिया