मायादेवी अनलाइन, चन्द्रौटा ।
मंसिर १४ गते हुने उपनिर्वाचनमा शिवराज नगरपालिका वडा नं. १० लागि नेकपा कपिलवस्तुले उम्मेद्वारको टुंगो लगाएको छ । तौलिहवामा बसेको नेकपा कपिलवस्तुको जिल्ला पार्टी कार्यालयको वैठकले वडा अध्यक्षमा अदालत मनियारलाई उम्मेद्वारको रुपमा सर्वसम्मत निर्णय गरेको नेकपाका जिल्ला अध्यक्ष झविलाल पोख्रेलले बताउनु भयो ।
वैठकले आश्रित पुस्तकालय ब्यवस्थापनका लागि डम्मर शर्माको संयोजकत्वमा पाँच सदस्य ब्यवस्थापन समिति निर्माण गरी जिम्मेवारी प्रदान गरेको छ । वैठकले संवैधानिक ब्यवस्था रहेको स्थानीय तह दल गठनका लागि स्थानीय पार्टी कमिटीलाई निर्देशित गर्ने निर्णय गरेको नेकपाका जिल्ला नेता डम्मर शर्माले जानकारी दिनु भयो ।
त्यस्तै वैठकले एक महिनाका लागि पार्टी संगठित सदस्यता र पार्टी सदस्यता आवेदन खुला गर्ने निर्णय गरेको छ । नेकपाका जिल्ला अध्यक्ष झविलाल पोख्रेलको अध्यक्षता र सचिव रामचन्द्र शाह (विष्णु) को संचालनमा सम्पन्न वैठकमा नेकपाका केन्द्रिय सदस्यद्धय डोर प्रसाद उपाध्याय, बिमला घिमिरे नेकपाका प्रदेश कमिटी सचिवालय सदस्य रुद्र बन्जाडे प्रदेश कमिटी सदस्यद्धय बालकराम बुढा, शान्तिदेवी हरिजन लगायतको आतिथ्यता रहेको नेकपा जिल्ला प्रचार तथा प्रकाशन विभागले जनाएको छ ।
२० कार्तिक २०७६ बुधबार ००:००
0
Shares
प्रतिक्रिया