रुपन्देही ।
प्रदेश नं ५ का निवर्तमान प्रदेश प्रमुख उमाकान्त झाले प्रदेश प्रमुख पदमुक्त गर्ने सरकारको निर्णय स्वाभाविक भएको बताएका छन् । सरकारले गर्ने कुनै पनि नियुक्ति निश्चित काम र समयको लागि हुने भएकाले यो प्रक्रियालाई आफूले सामान्य रूपमा लिएको हुँदा विचलित हुनुनपर्ने बताए । प्रदेश प्रमुख कार्यालयमा बुधबार आयोजित बिदाइ कार्यक्रममा निवर्तमान प्रदेश प्रमुख झाले आफू निजामती कर्मचारीबाट आएकाले पनि यस्तो प्रक्रियामा अभ्यस्त रहेको बताए । पहिलो प्रदेश प्रमुख भएर आएको २२ महिनाको कार्यकाल अत्यन्त सफल रहेको भन्दै उनले प्रदेश प्रमुख भएर आफूले ‘के गर्न सकेँ के गर्न सकिनँ’ भन्ने कुरा समयले मूल्याङ्कन गर्ने बताए ।
उनले प्रदेश सरकारको स्थापनासँगै संविधान र सङ्घीयता कार्यान्वयनमा आफूले गरेका काम सबैका सामु छर्लङ्ग रहेको उल्लेख गर्दै ती कामलाई उजागर गर्न सञ्चार माध्यमलाई आग्रहसमेत गरे। आफूले प्रदेश सरकारका बहुआयामिक सम्पूर्ण काम नजिकबाट हेर्ने र आफ्नो भूमिका निर्वाह गर्ने मौका पाएको उल्लेख गर्दै उनले प्रदेश सरकारले पनि कानुन निर्माणदेखि प्रदेशका योजना निर्माणमा राम्रोसँग काम गरेको बताए ।
२० कार्तिक २०७६ बुधबार ००:००
0
Shares
प्रतिक्रिया