११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

आलम माथिको बयान जारी, बहस भोलिमात्र हुनसक्ने



रौतहट ।
विस्फोटक पदार्थ (बम) उत्पादन, कर्तव्य ज्यान र ज्यान मारेको उद्योगको अभियोग लागेका कांग्रेस नेता तथा निलम्बित सांसद मोहम्मद अफताव आलमको दोस्रो दिने अदालती बयान जारी छ ।
जिल्ला अदालत रौतहटका न्यायाधीश दीपक ढकालको इजलाशमा जारी बयानमा आलमले इन्कारी बयान दिएको जिल्ला सरकारी वकिल कार्यालय रौतहटका प्रमुख खडिन्द्र कटुवालले जानकारी दिए ।
कटुवालले भने ‘अहिले बयान जारी छ । अभियोग पत्रमा लगाइएका आरोपको सन्दर्भमा उनले इन्कारी बयान दिएका छन्। आज दिनभरमा बयानको काम सकिन्छ ।’
आलमसँग पुरानो मुद्दाको बया शुरु भएको भन्दै कटुवालले नयाँ विषय पनि थप धेरै भएकाले आज बयानमात्र सकिने तथा बहस शुरु हुने सम्भावना कम रहेको बताए ।
उनले बहस भने भोलि (बिहीबार) मात्र हुने बताए । आज बयान नै नसकिने भएकाले बहस भोलिलाई पुग्ने सम्भावना रहेको कटुवालले बताए ।
उनले भने, ‘सकेसम्म आज बहस सकियो भने भोलिदेखि बहस हुनसक्छ । आलमको पक्षमा भोलि २७ जना वकिलले बहस गर्ने गरी वकालतनामा दर्ता गराएका छन् । सरकारको तर्फबाट महान्याधीवक्ताको कार्यालयका सहमहान्यायाधीवक्ताको नेतृत्वमा ५ जना सरकारी वकिलले बहस गर्नेछन् । त्यस्तै जाहेरीवालाका तर्फबाट पूर्वमहान्यायाधीवक्ता युवराज संग्रौलाको नेतृत्वमा ८ जनाले बहस गर्नेछन् ।’

प्रकाशित मिति : २० कार्तिक २०७६ बुधबार ००:००  ३ : २२ बजे