१० मंसिर २०८१, सोमबार | Tue Nov 26 2024

सिन्धुपाल्चोक बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १७ पुग्यो, १४ जनाको पहिचान



सिन्धुपाल्चोक ।

सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या १७ पुगेको छ भने तीमध्ये १४ जनाको परिचय खुलेकोे छ । दुर्घटनामा ५० जना घाइते भएका छन् ।

ज्यान गुमाउनेहरुमा दोलखाको शैलुङ गाउँपालिका-५ की ५२ वर्षीया चेत कुमारी बस्नेत, शैलुङ-४ की ६ वर्षीया सलिना तामाङ, शैलुङ-३ का तीन महिने शिशु रोशन तामाङ, शैलुङ-३ की  २७ वर्षीया चमेली श्रेष्ठ, शैलुङ-५ की ४५ वर्षीया रत्न कुमारी राउत, भिमेश्वर नगरपालिका-९ की २४ वर्षीया रन्जिता के.सी. बस्नेत,  त्रिपुरासुन्दरी-४ की ६ वर्षीया साया श्रेष्ठ रहेका छन् ।

त्यस्तै शैलुङ-५ का २९ वर्षीय किरण राउत, शैलुङ-५ कै २० वर्षीया कविता राउत, शैलुङ-५ कै १४ वर्षीय निखिल खड्का, शैलुङ-४ का १४ वर्षीय दिल लामाऽ  शैलुङ-३ की ३२ वर्षीया निर्मला खड्का, काभ्रेको रोशि गाउँपालिका-४ की ५ वर्षीया सजिना तामाङ् र दोलखाकी ७० वर्षीया उरमाया मोक्तान रहेको प्रहरी कार्यालय बलेफीले जानकारी दिएको छ । अरु शवको पहिचान गर्ने काम भैरहेको छ ।

दोलखाबाट काठमाण्डौका लागि छुटेको बा २ ख ७२४५ नम्बरको बस अरनिको राजमार्ग अन्तरगत सुकुटेबाट सुनकोशी नदीमा खसेको हो । अहिले भने उद्धारकार्य रोकिएको प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो ।

उहाँका अनुसार दुर्घटनास्थल सडकका हिसाबले जोखिमयुक्त नभएकाले दुर्घटनाको कारण खुलेको छैन । तर तीव्र गति र क्षमताभन्दा बढी यात्रुको चापका कारण दुर्घटना भएको आशंका छ ।

प्रकाशित मिति : १७ कार्तिक २०७६ आइतबार ००:००  ९ : ५२ बजे