१० मंसिर २०८१, सोमबार | Tue Nov 26 2024

संसारकै अग्लो टावर बुर्ज खालीफामा शाहरूखलाई जन्मदिनको शुभकामना



एजेन्सी ।
बलिउड अभिनेता शाहरुख खानले शनिबार आफ्नो ५४ औं जन्मदिन मनाए। यसक्रममा उनलाई धेरै बधाइ तथा शुभकामना आए। भारतका करोडौं फ्यानहरूले उनको जन्मदिनलाई विशेष बनाइदिए।
अझै विशेष त दुबइका फ्यानहरूले उनका निम्ति बनाइदिए जब शाहरूखलाई संसारकै ठूलो टावर बुर्ज खालीफामार्फत् शुभकामना दिए। दुबइमा रहेका शाहरूखका प्रशंसकहरूले बुर्ज खालीफा अगाडि उभिएर शुभकामना दिएको भिडिओ सामाजिक सञ्जालमा भाइरल छ। बुर्ज खालीफा त्यही टावर हो जहाँ नेपालको संविधान दिवसका दिन नेपाली झन्डा फहराइएको थियो।
शनिबार राती बुर्ज खालीफामाह्याप्पी बर्थ डे टु किङ अफ बलिउड शाहरूख खानु सन्देशसहित सांगीतिक शुभकामना दिइएको थियो। शाहरूखको फिल्मओम शान्ति ‌ओमुको धूमतानाु गीतको धूनमा पानीका फोहोराहरू र झिलीमिली बत्तीको रमझममा मान्छे रमाइरहेका थिए।
धेरैले बुर्ज खालीफामा यसरी नाम देखिने शाहरूख पहिलो भारतीय भएको पनि बताएका छन्। तर यसअघि महात्मा गान्धीको १५० औं जन्मोत्सवमा पनि बुर्ज खालीफामा शुभकामना दिइएको थियो।
शाहरूखले आफ्ना फ्यानहरूलाई धन्यवाद दिँदै म अहिलेसम्मकै उचाइमा पुगेको महशुस भएको छु भनेका छन्। नेटफ्लिक्स इन्डियाले पनि संसारलाई धन्यवाद, शाहरूखलाई यो दुनियाँमा पठाउनुभएकोमाु भन्दै ट्विट गरेको छ।
शाहरूखलाई शुभकामना दिन मध्यरातमा फ्यानहरू उनके घर मन्नतु को बाहिर भेला भएका थिए। शाहरूखले पनि बाहिर आएर सबैको शुभकामना लिएका थिए।

प्रकाशित मिति : १७ कार्तिक २०७६ आइतबार ००:००  २ : ३९ बजे