मायादेवी अनलाइन, वाणगंगा ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को युवा संगठन राष्ट्रिय युवा संघ नेपालले प्रदेश बाहेक एकताका सबै प्रक्रिया पुरा गरेको छ ।
संगठनका संयोजक राम प्रसाद सापकोटा ‘दीपशिखा’ र सहसंयोजक रमेश पौडेलद्वारा जारी बिज्ञप्ती अनुसार साविक वाइसिएल र साविक युवा संघका लागी जिल्ला, महानगर, उपमहानगर बाँडफाड गरिएको छ ।
साथै एक साविक संगठनको संयोजक रहँदा अर्को संगठनबाट इन्चार्ज रहने नीतिगत निर्णय भएको समेत जनाइएको छ । यो संगै कपिलवस्तु साविक वाइसीएलको भागमा परेको छ ।
हेर्नुहोस विज्ञप्ति
प्रतिक्रिया