१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

एशियाली देशलाई जलवायु परिवर्तनको सबैभन्दा बढी खतरा



न्यूयोर्क ।
संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटरेसले जलवायु परिवर्तनबाट जोगिनका लागि एशियाली देशहरुलाई कोइलाको प्रयोग नगर्न आग्रह गरेका छन् । उनले कोइलाको प्रयोग गरेमा ठूलो क्षति हुन सक्ने पनि जनाएका छन् । एक अनुसन्धान प्रतिवेदनलाई उद्धृत गर्दै राष्ट्र संघका महासचिवले सो चेतावनी दिएका हुन् । उनले एशियाली मुलुकमा जलवायु परिवर्तनको सबै भन्दा ठूलो खतरा मडारिइरहेको जनाएका छन् । उनले कोइलाबाट चल्ने नयाँ उर्जा संरचनालाई भविश्यमा रोक्न जरुरी रहेको समेत जनाएका छन् ।
उनले उद्धृत गरेको रिपोर्टमा एशियाका ६ देशमा चीन, भारत, बंगलादेश, भियतनाम, इण्डोनेसिया र थाइल्याण्ड रहेका छन् । ती देशका करिब २४ करोड मानिसलाई बाढीको त्रासदी भोग्न तयार हुनुपर्ने चेतावनी रिपोर्टमा दिइएको छ ।

प्रकाशित मिति : १७ कार्तिक २०७६ आइतबार ००:००  ९ : १४ बजे