रुपन्देही।
बुटवलबाट दिल्ली जान हिँडेको यात्रु बसको चाबी बुटबलको आँखा अस्पताल अगाडिबाट लुटिएको छ । ४-५ वटा बाइकमा आएको समूहले साँझ साढे ६ बजे बस रोक्न लगाइ भित्र छिरेर यात्रुलाई कुटपिट समेत गरेका छन् । अज्ञात समुहले भारतको उत्तरप्रदेशमा दर्ता भएको युपी ५३ एफ पी ४९०७ नम्बरको गाडीको चाबी थुतेर फरार भएको बसका कर्मचारी रामु भुषालले जानकारी दिए ।
उनीहरूको आक्रमणमा परि सीता ट्राभल बुटवलका सञ्चालक शिव भट्टराईलाई आँखा नजिक चोट लागेको बसका कर्मचारी रामु भुषालले बताए । कुटपिट गर्दै चाबी लिएर फरार भएकाहरूको खोजी भइरहेको रूपन्देहीका डीएसपी खड्गबहादुर खत्रीले जानकारी दिए । दिल्ली जानका लागि हिँडेको सो बसमा करिब ४५ जना यात्रु सवार थिए ।
१७ कार्तिक २०७६ आइतबार ००:००
2
Shares
प्रतिक्रिया