काठमाडौँ ।
संसद सचिवायलकी कर्मचारीलाई बलात्कार प्रयास गरेको अभियोग लागेका निवर्तमान सभामुख कृष्णबहादुर महराको मुद्दामा आइतबारदेखि औपचारिक रुपमा थुनछेक बहस सुरु हुँदैछ ।
गएको शुक्रबार जिल्ला अदालत काठमाडौँमा बलात्कार प्रयासको आरोप लागेका महराको बयान भएको थियो । समय अभावका कारण सो दिन थुनछेक बहस सुरु हुन सकेको थिएन । आइतबारदेखि भने महरालाई थुनामै राखेर मुद्दाको थप कारवाही अघि बढाउने वा उनलाई धरौटीमा छोड्ने भन्ने विषयमा जिल्ला अदालत काठमाडौँमा बहस हुनेछ । जिल्ला अदालत काठमाडौँका मुख्य न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासमा थुनछेक बहस हुनेछ । गएको बिहीबार जिल्ला सरकारी वकिलको कार्यालयले करणी प्रयासको अभियोगमा साढे सात वर्ष जेल सजायको दाबीसहित महरा विरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।
१७ कार्तिक २०७६ आइतबार ००:००
0
Shares
प्रतिक्रिया