मायादेवी अनलाइन, कपिलवस्तु ।
छठ पर्वको अन्तिम दिन आज उदाउँदो सूर्यलाई अर्घ्य दिएर ब्रतालुले ब्रत तोड्ेका छन् । सूर्यको पूजा र उपासनाको यो पर्व कात्तिक शुक्ल चतुर्थीदेखि सुरु भएको थियो । महाभारतमा उल्लेख भएअनुसार द्रौपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा सो गुप्तवास सफल होस् भनी सूर्यदेवको पूजा उपासना गरिएको थियो सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो ।
मिथिला नगरी एवं तराईका अधिकांश स्थानमा बिहानैदेखि नदी, पोखरी एवं नहर किनारमा अर्घ्य दिने, ब्रतालुको आशिर्वाद लिने एवं बिहानीको पूजापछि प्रसाद थाप्नेको बाक्लो उपस्थिति देखिन्थ्यो ।
शनिबार दिनभर निराहार व्रत बसेका व्रतालुले आज विहान उदाउँदो सूर्यलाई पूजा गरी अघ्र्य दिएपछि मात्रै छठको समापन गर्छन् । यस पर्वमा बाँसको ढाकी, माटोका सामग्रीहरु, केरा मौसमी फलफुल, भुसुवा, ठेकुवा, उखु, अदुवा लगायतका विविध मिठाई तथा फलफूल लगायतका प्रसाद चढाइन्छ ।
प्रतिक्रिया