मायादेवी अनलाइन, वाणगंगा ।
भगिनी सम्बन्धका लागि शनिबार साँझ कपिलवस्तुको वाणगंगामा आएको चिनिया प्रतिनिधि टोली विहानै देखि घुमघाममा व्यस्त भएका छन् । वाणगंगा नगरपालिकासंग भगिनी सम्बन्धमा हस्ताक्षर गर्नका लागि चिनको आन्हुई प्रान्तमा रहेको छिचौँ नगर जनसरकारका उप मेयर फु चिन क्वाङ्गसहितको ५ सदस्यिय प्रतिनिधिमण्डलको टोली वाणगंगा आएको छ ।
शनिबार राती पर्यटकीय स्थल राजापानीमा बसेको टोली आइतबार विहानै देखि वाणगंगाका विभिन्न स्थानको अवलोकनमा निस्किएको नगरपालिकका बैदेशिक विभाग प्रमुख गुणनिधि भुसालले जानकारी दिनुभयो ।
टोलीले वाणगंगाको राजपानी, नन्दनगर, कपिलधाम घुम्ने कार्यक्रम छ भने कपिलवस्तु नगरपालिकामा अवस्थित जगदीशपुर ताल र तिलौरोकाटसम्मको यात्रा पनि तय भएको भुसालले मायादेवी अनलाइनलाई जानकारी दिनुभयो ।
घुनफिर पछि टोलीसंग दिउँसो भगिनी सम्बन्धमा हस्तारक्षर गर्ने कार्यक्रम छ । टोलीसंग प्रदेश सांसद, नगर प्रमुख लगायतको बैठक बस्ने कार्यतालिका छ । यहाँका विभिन्न जातजातीले स्वागत स्वरुप आ आफ्नो सांस्कृतीक प्रस्तुती देखाउने छन् भने फोटो प्रर्दशनीको पनि आयोजना गरिएको छ ।
१७ कार्तिक २०७६ आइतबार ००:००
0
Shares
प्रतिक्रिया