मायादेवी अनलाइन, वाणगंगा ।
लामो प्रयास पछि कपिलवस्तुको वाणगंगाले चिनको एक नगर जनसरकारसंग भगिनी सम्बन्ध बनाउने भएको छ । चिनको आन्हुई प्रान्तमा रहेको छिचौँ नगर जनसरकारसंग वाणगंगाले भगिनी सम्बन्ध राख्न लागेको हो । त्यसको औपचारकि हस्ताक्षर आइतबार (भोली) हुँदै छ । शनिबार साँझ छिचौ नगर जनसरकारका उप मेयर फु चिन क्वाङ्गसहितको ६ सदस्यिय प्रतिनिधिमण्डलको टोली वाणगंगा आइपुगेको छ ।
टोलीलाई गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नगरपालिकाका बैदेशिक विभाग प्रमुख गुणनिधि भुसाल, नगरपालिकाका प्रशासकीय अधिकृत केशवराज भट्टराई लगायत कर्मचारी र पत्रकारको टोलीले स्वागत गरेको छ ।
टोली शनिबार साँझ भैरहवा आईपुगेको वाणगंगा नगरपालिकाका बैदेशिक विभाग प्रमुख गुणनिधि भुसालले मायादेवी अनलाइनलाई जानकारी दिनुभयो । टोली भैरहवाबाट सिधै वाणगंगा आएको भुसालले बताउनुभयो । शनिबार वाणगंगाको पर्यटकीय स्थल राजापानीमा चिनिया टोली बस्ने कार्यक्रम छ ।
आइतबार विहान देखि भगिनी सम्बन्धका लागि विभिन्न कार्यक्रम राखिएको मायादेवी अनलाइनका कार्यकारी निर्देशक हरि अधिकारीले जानकारी दिनुभयो । चिनिया टोलीलाई स्वागतका लागि पत्रकारको भूमिकामा जानुभएका अधिकारीका अनुसार आइतबार भगिनी सम्बन्धका लागि हस्ताक्षर गर्ने कार्यक्रम छ । साथै आइतबार चिनियाँ टोली, प्रदेश सांसद, नगर प्रमुख लगायतको बैठक बस्ने कार्यतालिका छ । यस्तै वाणगंगाका तीन महत्वपूर्ण पर्यटकीय स्थल राजापानी, कपिलधाम, कैलाश आश्रमको भ्रमण हुने छ । दिउँसो भगिनी सम्बन्धका लागि दुई पक्षबीच हस्ताक्षर हुने छ ।
यहाँका विभिन्न जातजातीले स्वागत स्वरुप आ आफ्नो सांस्कृतीक प्रस्तुती देखाउने छन् भने फोटो प्रर्दशनीको पनि आयोजना गरिएको छ ।
प्रतिक्रिया