काठमाडौं ।
प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो मिर्गौलाले राम्रोसँग काम नगरेको सत्य भए पनि सिकिस्त बिरामी नभएको बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शनिवार बसेको नेकपा सचिवालय बैठकमा ओलीले मिर्गौलाका कारण आफू बिरामी भए पनि केही विकल्प नै नभएजस्तो गरी समस्या नरहेको बताएका हुन् । मिर्गौलाको नियमित डाइलासिस गर्ने वा पुनः प्रत्यारोण गर्ने विकल्प बाँकी रहेको ओलीको भनाइ थियो ।
नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार, ओलीले मिर्गौलासँगै आफ्नो फोक्सोमा पानी जमेकाले ग्राण्डी अस्पतालमा दुई पटक डायलासिस गराएको विषयमा जानकारी गराए । ‘आजै वा भोलि पुनः अर्को पटक डायलासिस गर्ने तयारीबारे पनि प्रधानमन्त्रीले जानकारी गराउनुभएको छ,’ प्रवक्ता श्रेष्ठले भने, ‘उहाँ अहिले सामान्य अवस्थामा हुनुहुन्छ ।’ ओलीको मिर्गौला १२ वर्षअघि प्रत्यारोपण गरिएको थियो ।
१६ कार्तिक २०७६ शनिबार ००:००
0
Shares
प्रतिक्रिया