कपिलवस्तु ।
सत्यवति लघुवित्त वित्तीय संस्था लिमिटेड केन्द्रीय कार्यलय गोरूसिङ्गेको विशेष साधारण सभा शनिबार बुटवलमा सम्पन्न भएको छ । संचालक समितिको ४९ औ बैठकको निर्णय बमोजिम दमौलि केन्द्रीय कार्यलय रहेको सारथि लघुवित्त वित्तीय संस्था लिमिटेड र सत्यवति लघुवित्त एक आपसमा मर्जर गर्ने उदेश्यले सस्थाले विशेष साधारण सभा गरेको हो ।
विशेष साधारण सभामा ८ बुदामा रहेका प्रस्ताबहरू सर्वसहमतिमा पारित गरिएको छ । सत्यवति लघुवित्त लाई अझै सशक्त र बलियो बनाई आफ्नो लक्ष्य अुनुरूप कार्यक्रम विस्तार गर्ने संस्थाका अध्यक्ष कमल प्रसाद ज्ञवालीले जानकारि दिनुभयो ।
विशेष साधारण सभा संस्थाका अध्यक्ष कमल प्रसाद ज्ञवालीको अध्यक्षता , माधब प्रसाद आचार्यको स्वागत मन्तब्य र बाबुलाल नेपालको सञ्चालनमा भएको हो ।
प्रतिक्रिया