मायादेवी अनलाइन, वाणगंगा ।
कपिलवस्तुमा बसले ठक्कर दिदा नाबालकको ज्यान गएको छ । इलाका प्रहरी कार्यालय पिपराका अनुसार जिल्लाको वाणगंगा नगरपालिका वडा नं. ५ झण्डामा बसको ठक्करबाट डेढ वर्षीय बालकको ज्यान गएको छ । मृत्यु हुनेमा स्थानीय टोपेन्द्र थारु रहेका छन् । थारु राजेश थारुका छोरा हुन् ।
झण्डा स्थित शुद्धुराम थारुको घरमा पार्किङ्गबाट बस निकालेर भैरहवा नंम्बरका लागि जाने क्रममा बालक खेलिरहेको नदेखिएपछि ठक्कर दिएको बताइएको छ ।
बालकको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय कोपवाका प्रहरी नायब निरिक्षक यान बहादुर कुवँरले जानकारी दिनुभएको छ ।
ठक्कर दिने बस मृतक थारुको काकाको हो । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय पिपरामा राखिएको छ ।
१६ कार्तिक २०७६ शनिबार ००:००
2
Shares
प्रतिक्रिया