कपिलवस्तु ।
कपिलवस्तुमा छोराको कुटपिटबाट आमाको हत्या भएको छ । जिल्लाको कपिलवस्तु नगरपालिकामा छोराले कुटपिट गरी आमाको हत्या गरेका हुन् । कपिलवस्तु–८ पश्चिम दोहनीका सुरेन्द्र कुर्मीले कुटपिट गरी आमा ५५ वर्षीया फूलमतीको हत्या गरेको जनाइएको छ ।
सुरेन्द्रले मादकपदार्थ सेवन गरी शुक्रबार राती घरमा आगो लगाउँदै आमालाई कुटपिट गरी हत्या गरेको प्रहरीले बताएको छ । मृतक फूलमतीको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल, कपिलवस्तुमा राखिएको छ । छोरा सुरेन्द्र फरार छन् । उनको खोजी भइरहेको प्रहरीले बताएको छ ।
सँगोलमा रहेको खेतमध्ये दुई बिघा आफ्नो नाममा दर्ता गरिदिनुपर्ने माग राख्दै सुरेन्द्रले परिवारमा झगडा गरिरहने गरेको वडाध्यक्ष शिवकुमार पाण्डेयले बताएका छन् ।
१६ कार्तिक २०७६ शनिबार ००:००
8
Shares
प्रतिक्रिया