१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

आफ्नै कार्यकर्ताले घेरा हालेपछि जंगिए देउवा



काठमाडौं ।
नेविसंघ लगायत भ्रातृ संगठनको विषयलाई लिएर नेपाली कांग्रेसमा फेरि विवाद चर्किएको छ ।
पदाधिकारी बैठकमा सहभागी हुन पार्टी कार्यालय पुगेका सभापति शेरबहादुर देउवालाई अवरोध गर्दै कार्यकर्ताले नारावाजी गरेपछि तनाव उत्पन्न भएको छ । सभापति लगायत नेताहरु कार्यालयभित्र छन् भने बाहिर कार्यकर्ताले नारावाजी गर्दै कार्यालय घेराउ गरिरहेका छन् ।
उपनिर्वाचनको उम्मेद्वार चयन तथा भ्रातृ संगठनको गठन लगायत एजेन्डामा शुक्रबार दिउसो १ बजे बैठक बस्ने तयारी थियो । तर कार्यकर्ताको नारावाजी र विरोधका कारण बैठक बस्न सकेको छैन ।
पार्टी कार्यालयमा भिड बढेपछि सुरक्षाका लागि प्रहरी परिचालन गरिएको छ । कार्यकर्ताले नारावाजी गर्दै घेराउ गरेपछि सभापति देउवाले आक्रोशित हुँदै ‘यो के गरेको’ भन्दै जंगिएका थिए । उनले औँला ठड्याउँदै हप्काएपछि प्रदर्शनकारी झन आक्रोशित बनेका थिए ।
देउवालाई सुरक्षाकर्मीले घेरा हालेर भिडबाट कार्यालयभित्र छिराउनु परेको थियो । नेता कृष्ण प्रसाद सिटौला निकट कार्यकर्ता विरोधमा उत्रिएका हुन् । ३२ वर्षभन्दा बढी उमेरका विद्यार्थीलाई संगठनमा राखे आफूहरु आमरण अनसनमा बस्ने उनीहरुले चेतावनी दिएका छन् ।

प्रकाशित मिति : १५ कार्तिक २०७६ शुक्रबार ००:००  ३ : २५ बजे