१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

महराको बयान सुरु, थुनछेक आजै



काठमाडौँ ।
संसद सचिवालयकी महिला कर्मचारीलाई करणी उद्योगको अभियोग लागेका पूर्वसभामुख कृष्णबहादुर महराको काठमाडौँ जिल्ला अदालतमा बयान सुरु भएको छ।
जिल्ला सरकारी वकिलको कार्यालयले बिहीबार जबरजस्ती करणी उद्योगअन्तर्गत मुद्दा दर्ता गरेपछि अदालतमा बयान सुरु भएको हो। महराको मुद्दा काठमाडौँ जिल्ला अदालतका मुख्य न्यायाधीश सुर्दशनराज पाण्डेको इजलाशमा परेको छ।
थुनछेक बसहअघि अदालतमा समेत बयान गर्नुपर्ने कानुनी व्यवस्था छ। प्रहरी समक्षको बयानमा महराले संसद सचिवलाय ती महिलासँग पारिवारिक चिनजान भएको, उनीको घरमा आउजाउ हुने गरे पनि घटना भएको दिन ती महिला बस्ने तीन कुनेस्थित क्षेत्रमा पुगे पनि उनको निवासमा प्रवेश नगरेको बताएका छन्।
इजलासमा बयान सकिएपछि शुक्रबार नै थुनछेक बहसमा सुरु हुनेछ। सुरुमा सरकारवादी मुद्दा भएकाले सरकारी वकिलहरुले बहस गर्नेछन् भने त्यसपछि महरा वकिलहरुको बहस गर्ने पालो आउने जिल्ला अदालतले जनाएको छ।
थुनछेक बहस भएपछि अदालतले महरालाई साधारण तारेख वा धरौटीमा रिहा गर्ने वा पूर्पक्षका लागि थुनामा पठाउने भन्ने आदेश दिनेछ।
महरालाई मुलुकी अपराध संहितअन्तर्गत जबरजस्ती करणी उद्योग र सार्वजनिक पदमा बसेको व्यक्तिले आफ्नै सहकर्मी कर्मचारीमाथि बलात्कार प्रयास गरेकाले थप गरी साढे ७ वर्षसम्म जेल सजायको माग गरिएको छ।
संसद सचिवालयकी कर्मचारी रोशनी शाहीलाई बलात्कारको प्रयास गरेको आरोपमा महरा गत असोज १९ गते सभामुख निवास बालुवाटारबाटै पक्राउ परेका थिए।

प्रकाशित मिति : १५ कार्तिक २०७६ शुक्रबार ००:००  १ : २७ बजे