१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

पार्टीलाई जोगाउन कोइरालाहरु एक हुन्छौंः शेखर कोईराला



नवलपुर ।

नेपाली कांग्रेसका प्रभावशाली केन्द्रीय सदस्य डा. शेखर कोईरालाले आगामी महाधिवेशनमा सबै कोईराला एकजुट भएर अघि बढ्ने बताएका छन् । नेपाली कांग्रेसको नेतृत्व कोईराला परिवारबाट हुनुपर्ने आवाज उठिरहेको भन्दै नेता कोइरालाले पार्टीलाई जोगाउन पनि कोइरालाहरु एक हुनुपर्ने बताए ।

प्रेस युनियन नवलपुरले सदरमुकाम कावासोतीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै कोईरालाले बर्तमान सरकार अधिनायकवाद र सर्बसत्ताबाद तर्फ उन्मुख भैरहेको आरोप लगाए ।

कोइरालाले सरकारले प्रेस स्वतन्त्रताको हनन गरेर लोकतन्त्र माथी प्रहार गरेको बताए । नेता कोइरालाले अहिले काग्रेस प्रतिपक्षमा रहे पनि प्रतिपक्ष को भूमिकामा केही गर्न नसकेको स्विकार गरे ।

प्रेस युनियन नवलपुरका अध्यक्ष बिरेन्द्र पराजुलीको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलन मा नेता कोइरालाले अधिकांश समय आफ्नै पार्टी नेतृत्वको कमजोरीका बारेमा बोलेका थिए ।

नेता कोइरालाले बिहिबारनै हुप्सेकोट गाउँपालिकामा रहेको कांग्रेस पुस्ताकालयको उद्घाटन समेत गरेका छन् । सो क्रममा उनले गाउ गाउमा खुलेका यस्ता पुस्तकालयले कांग्रेस र समाजबादका बिषयमा अध्ययन गर्न सहयोग पुग्ने बिश्वास व्यक्त गरे ।

प्रकाशित मिति : १५ कार्तिक २०७६ शुक्रबार ००:००  ६ : ४१ बजे