२० जेष्ठ २०८२, सोमबार | Mon Jun 2 2025

नवलपरासीमा सवारी दुर्घटना, दुईको अवस्था गम्भिर



नवसपरासी ।
नवलपरासीको प्रतापपुर गाऊपालिका वडा नं ५ बैदौलीमा आज सवारी दुर्घटना हुदाँ दुई जना घाईते भएका छन। झुलनीपुर त्रिबेणी सडकखण्ड अन्तर्गत झुलनीपुर देखी बैदौली तर्फ जादै गरेको यु.पी.५६ एम ६८४५ नम्बरको मोटरसाईकललाई बिपरित दिशाबाट आउदै गरेको मोटरसाईकलले ठक्कर दिदाँ प्रतापपुर गाऊपालिका वडा ५ बेतहानी बस्ने अन्दाजी २५ बर्षिय जितेन्द्र चौहान र पछाडी सवार नाम नखुलेको एकजना गम्भिर घाईते भएका छन।
घाईतेलाई थप उपचारको लागी सहिद स्मृति सामुदायीक अस्पताल चौपत्ता पठाईएको शसस्त्र प्रहरी बोर्डर आउट पोष्ट गुठी परसौनीले जनाएको छ ।
बिपरित दिशाबाट आऊदै गरेको मोटरसाईकल चालकले ठक्कर दिएर फरार भएको हुदाँ पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १४ कार्तिक २०७६ बिहिबार ००:००  ४ : १५ बजे