२० जेष्ठ २०८२, सोमबार | Tue Jun 3 2025

ओलीको स्वास्थ्यअवस्था बुझ्‍न प्रचण्ड ग्राण्डीमा



काठमाडौं ।
ग्राण्डी अस्पतालमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यअवस्था बुझ्न नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड धापासी पुगेका छन्। बुधबारदेखि मिर्गौलामा गम्भीर समस्या आएपछि उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था बुझ्न नेकपाका अध्ययक्ष दाहाल दिउँसो साढे २ बजे ग्राण्डी अस्पताल पुगेका हुन्। बुधबार भर्ना गरिएका नेकपा अध्यक्षसमेत रहेका ओलीको अवस्था बुझ्न रक्षामन्त्री ईश्वर पोखरेल बिहानै ग्राण्डी पुगेका थिए। त्यसपछि नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ र अर्का नेता भीम रावल पनि ग्राण्डी पुगेर फर्किएका छन्। ग्राण्डीमा प्रमको उपचारमा संलग्न चिकित्सहरुसँग भेटेपछि नेकपा प्रवक्ता श्रेष्ठले प्रमको अवस्था ठीक रहेको जानकारी दिएका थिए। प्रम ओलीको अहिले ग्राण्डीमा मिर्गौलाको डाइलाइसिस चलिरहेको छ। हिजैदेखि डाइलाइसिस थालिएको थियो । ग्राण्डीका निर्देशक डा. चक्रराज पाण्डेको भनाइ उधृत गर्दै नेकपा नेता भीम रावलले बताए अनुसार हिजो डाइलाइसिसको प्रारम्भिक प्रक्रिया थालिएको थियो। आज डाइलाइसिसको सबै काम पुरा गरिने पाण्डेले बताएका छन्।

प्रकाशित मिति : १४ कार्तिक २०७६ बिहिबार ००:००  ३ : ०१ बजे