काठमाडौं ।
तिहारमा काठमाण्डौको महाराजगञ्जबाट पक्राउ परेका २५ जना जुवाडेलाई आज जिल्ला प्रशासन कार्यालय र जिल्ला अदालत काठमाण्डौमा उपस्थित गराउने प्रहरीको तयारी छ ।
गएको आइतबार जुवा खेलिरहेका बेला झण्डै पौने ३ करोड रुपैयाँसहित पक्राउ परेका २५ जनालाई म्याद थपको लागि जिल्ला प्रशासन कार्यालय र बन्दी प्रत्यक्षीकरणको लागि अदालतमा उपस्थित गराउने तयारी भएको महाराजगञ्ज प्रहरी वृत्तका डीएसपी उमेश लम्सालले जानकारी दिनुभयो ।
१४ कार्तिक २०७६ बिहिबार ००:००
0
Shares
प्रतिक्रिया