७ मंसिर २०८१, शुक्रबार | Fri Nov 22 2024

भारतीय सुपरमोडल एमिली विरुद्ध डेढ करोडको मुद्दा



काठमाडौं ।
भारतीय सुपरमोडल एमिली रतजकोब्सकीविरुद्ध १ लाख ५० हजार अमेरिकी डलर माग गर्दै मुद्दा दायर भएको छ ।
यो रकम एक करोड ५० लाख नेपाली रुपैयाँ बराबर हो । यति मात्र होइन मुद्दा वादी पक्षले फोटोबाट भएको सबै कमाइ समेत आफैले पाउनुपर्ने भन्दै मुद्दा दायर भएको छ ।
पापाराजी फोटोग्राफर रोबर्ट ओ निलले एमिली विरुद्ध मुद्दा दायर गरेका हुन् । उनीमाथि कपिराइट उल्लंघन मुद्दा दायर भएको हो । यद्यपि यो मुद्दा कहाँ दर्ता गरिएको भन्ने खुलाइएको छैन ।
एमिलीले इन्स्टाग्राममा आफूले खिचेको फोटो बिना अनुमति इन्टामा राखेको दाबी निलले गरेका छन्। केही समयअघि मात्र एमिलीले एक तस्बिर इन्स्टाग्राममा पोस्ट गरेकी थिइन् ।
निलले यसरी कपिराइट उल्लंघनसम्बन्धी मुद्दा दायर गरेको यो पहिलो पटक भने होइन । यसअघि उनले गिगी हदीद विरुद्ध पनि यस्तै प्रकृतिको मुद्दा दायर गरेका थिए ।
२८ वर्षीय एमिलीले ’मुड फरइभर’ क्याप्सनका साथ राखेको फोटो आफूले खिचेको दाबी निलले गरेका छन् ।

प्रकाशित मिति : १४ कार्तिक २०७६ बिहिबार ००:००  ७ : ३७ बजे