मायादेवी अनलाइन ।
कपिलवस्तुसँगै देशभरको वातावरण परिवर्तन हुँदै छ । चिसो बढेसँगै सर्वसाधारणले शरीरको सुरक्षाका लागि न्यानो कपडा किन्न थालेका छन् । तातो खानेकुरामा जोड दिन थालेका छन् । मौसम परिवर्तनका कारण ज्वरो, रुघाखोकी, दम, झाडापखाला, जन्डिस, टाउको दुख्नेजस्ता समस्या बढेका छन् । त्यसैले चिसोबाट बच्न तपाईंले यी विषयमा ध्यान दिन जरुरी छ ।
-बिहान मात्रै होइन, दिनभरि तातो पानी सेवन गर्नुहोस् ।
-तातो तथा झोलिलो सुप खानुहोस् । बदामले पनि शरीरलाई न्यानो प्रदान गर्दछ । तातो सुपले पानीको आवश्यकता पूरा गर्छ भने ताप र अन्य पौष्टिक तत्व पनि प्रदान गर्छ ।
-तातो पानीमा मह मिसाएर खाने हो भने शरीरमा ताप प्रदान गर्दछ । स्वस्थकर खानेकुरामा जोड दिनुहोस् ।
-शरीरमा रोग लाग्न नदिन गहिरो निद्रा आवश्यक पर्छ । प्रशस्त मात्रामा निदाउनुहोस् ।
-घरबाट निस्किएसँगै मास्कको प्रयोग गर्नुहोस् । यसले भाइरस संक्रमणबाट बचाउन मद्दत गर्दछ ।
-व्यायाममा जोड दिनुहोस् । निरन्तरको व्यायामले शरीर फुर्तिलो हुन्छ । शरीरलाई आवश्यक पर्ने भिटामिन डीयुक्त खानेकुरा दूध, हरियो सागसब्जी, अन्डा, माछामासुलगायत खानेकुरा अधिक मात्रामा खाने गर्नुहोस् । याद गर्नुहोस्, भिटामिन डीले शरीरमा रोगसित लड्ने क्षमता बढाउँछ र शरीर स्वस्थ रहन सक्छ ।
प्रतिक्रिया