मायादेवी अनलाइन, कपिलवस्तु ।
कपिलवस्तुका १० स्थानीय तह मध्ये कतिपय प्रमुख र उपप्रमुखले तिहार मनाउनु भएन भने धेरैले एक आसमा शुभकामना आदानप्रदान गरी दिदीवहिनीसंग टिका लगाएर तिहार मनाउनु भएको छ । अधिकांस स्थानीय तहका प्रमुखउप्रमुमखले तिहार मनाए पनि बाणगंगा नगरपालिकाका मेयर मंगल प्रसाद थारु र उप प्रमुख चक्र अर्यालले पनि तिहार मनाउनु भएन । दुवैको घरमा यस बर्ष टिका मनाउन नहुने परिवेश परेकाले टिका नलगाइएको उहाँहरुले रेडियो मायादेवीलाई जानकारी दिनुभयो । टिका नलगाए पनि उहाँहरुले सुभकामना सन्देश जारी गर्दै सबैको सुख शान्तिको कामना गर्नुभएको थियो । यस्तै नगरका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटाले सानीमाको छोरीको हातबाट आज ग्रहण गर्नुभयो । रुपन्देहीको देवदह खैरेनीमा गत बर्ष जस्तै सानीमाको छोरीको हातबाट महुहुर्त कटाएर मध्यान्ह १२ बजेर ५ मिनेट जाँदा टिका लगाएको रेडियो मायादेवीलाई जानकारी दिनुभयो । यस्तै नगरका धेरै वडाध्यक्षहरुले आज टिका लगाउनु भएको छ ।
उता बुद्धभूमि नगरपालिकाका, शिवराज नगरपालिका, कृष्णनगर नगरपालिका , महाराजगञ्ज नगरपालिका ,कपिलवस्तु नगरपालिकाकाका अधिकांस प्रमुख उपप्रमुख र वडाध्यक्षले तिहार मनाउनु भएको छ । यस्तै जिल्लाका अन्य गाउँपालिकाका अध्यक्षले पनि तिहार मनाउनु भएको छ ।
विजयनगर गाउँपालिकाका अध्यक्ष गोपाल थापा, शुद्धोधन गाउँपालिकाका अध्यक्ष निसार अहमद खाँ, मायादेवी गाउँपालिकाका अध्यक्ष बजरंगी प्रसाद कुर्मी र यशोधरा गाउँपालिकाका अध्यक्ष गिरिजेश पाण्डेयले छुट्टा छुट्टै शुभकामना सन्देश जारी गरी तिहारको शुभकामना दिनुभएको छ ।
प्रतिक्रिया