मायादेवी अनलाइन, वाणगंगा ।
मायादेवी मिडिया ग्रुप प्रा.लि. कपिलवस्तुले यस बर्ष तिहारको अवसर पारेर ‘मायादेवी तीतेपाती देउसी भैलो’ आयोजना गरेको छ । लक्ष्मी पूजाको दिन पारेर मायादेवी मिडियाले व्यङ्ग्यत्मक खबरदारी देउसी भैलो आयोजना गरेको हो । जुन कार्यक्रम राजधानी बाहिर पहिलो पटक भएको मिडियाको दाबी छ । प्रस्तुत छ उक्त देउसी भैलो ।
भनभन साथी हो – देउसीरे
राम्ररी भन – देउसीरे
स्वर मिलाई भन – देउसीरे
मायादेवी – देउसीरे
मिडिया ग्रुप– देउसिरे
रेडियो, अनलाइन – देउसीरे
तर्फबाट – देउसिरे
७६ सालको – देउसीरे
दीपावलीको – देउसीरे
शुभकामना – देउसीरे
तिहारमा देउसी – खेलौँला
लड्दै र पढ्दै – हिँडौँला
जनताले – हामीलाई
देउसीरे खेल्न – पठाए बाई
त्यही भएर – आएको
हजुरसंग – छाएको
कामना छ – शान्तिको
चाहाना छ – शान्तिको
अब हामी – भन्दैछौँ
खबरदारी – गर्दैछौँ
देश हाम्रो – बिग्रियो
जनताहरु – ठगियो
के गरेको – सरकारले
चलखेल गर्छ – दरबारले
यो सरकार – सग्लो छ
धरहरा भन्दा – अग्लो छ
तर पनि – के गर्नु
खै के खवर – सुनाउनु
छिटो हिँड भन्यो – हिँड्दैन
सुन कुरा भन्दा – सुन्दैन
नहिँड्या किन – राम जाने
के गरी हिँड्ला – रामजाने
गीत
राम जाने राम जाने,
यो सरकारलाई केल्ले छेक्यो राम जाने,
दुई तिहाइलाई केले छेक्यौ राम जाने ।।
हामी त्यसै आएनौँ, जनताले पठाए ।
दुइ तिहाइलाई खबरदारी गर्न खटाए ।।
यसपाली त देउसी खेल्न हाम्लाई मन थिएन ।
देश बिग्रेर घरमा त्यसै बस्न दिएन ।।
यो सरकारको दिमाग चल्छ, किन अंग चल्दैन ।
भाषणको ग्यासले चुलो बल्दै बल्दैन ।।
रेल आउने कुरो छ, पानी जहाज आइसक्यो ।
नेता ज्यूको भाषणले कान खाइसक्यो ।।
भन भन साथी हो – देउसीरे
स्वर मिलाई भन – देउसीरे
राम्ररी भने – नेता ज्यू
सबैभन्दा माथि – नेता ज्यू
माननीय पनि – नेता ज्यू
अर्को तिर – लौ हेर्नुस
यस्तो छ हालत – लौ सुन्नुस
घुस लिन जान्छ – जनता
घुस दिन जान्छ – जनता
नेतालाई पोस्छ – जनता
चाकडी गर्छ – जनता
रक्सीमा बिक्छ – जनता
के नयाँ सिक्छ – जनता
कर छल्न सिक्छ – जनता
लाइसेन्स लिन्न – जनता
अनुदान लिन्छ – जनता
काम गर्दैन – जनता
ठुलालाई मात्र – अनुदान
गरिव जन्तालाई – वलिदान
चुनावका नारा – का गए
जन–सपना – स्वा भए
जनता जिउँदै– जलाउने
नेताले तिनलाई – जोगाउने
यस्तो चालले – भएन
समृद्धि आउने – छाँट छैन
गीत
नेताहरु पर्नथाले बलात्कार काण्डमा ।
रहलपहल नेताहरु भागवण्डामा ।।
हिमालय रिर्जभ भन्ने रक्सी कस्तो रहेछ ।
जंगलको राजा सिँह जस्तो रहेछ ।।
जाबो एकै प्याकले ठुलो मुख फाल्दियो ।
त्यहि कारणले जताततै हलचल मच्चियो ।।
न्यूँ नपाका विपक्षिलाई रक्सि काण्ड निउ भयो ।
कुनै नेता आगो त कुनै घिउ भयो ।।
मध्य कालको घटनाजस्तै आलम तिम्ले ब्यूतायू ।
रक्षा गर्दै प्रतिपक्षी सती नजाउ ।।
भन भन साथी हो – देउसीरे
राम्ररी भन – देउसीरे
प्रदेश मन्त्रीको – काम भएन
प्रदेश सांसदको – काम भएन
काम उनको – उद्घाटन
देशविदेश – त्रीर्थाटन
कर्मचारी ठेकेदार – खोलामा
ढुङ्गागिट्टी – झोलामा
प्रहरी जति – सेटिङ्मा
देखिन्छ एकछिन – चेकिङ्मा
कर्मचारी – भ्रष्टाचारी
जनता गर – खबरदारी
यसरी देश – बन्दैन
विकासको बाटो – खन्दैन
ठग्ने मात्रै – कामधन्दा
जनता भए – बन्दा
यताउता – सट्टीमा
नेता मन्त्री – भट्टीमा
नेता मन्त्री – भट्टीमा
गीत
भए नेता कर्मचारी, उस्तै भए प्रहरी ।
भ्रष्टाचारले ढुकुटी रित्यो बाँच्ने कसरी ।।
चुनाव जित्यौ जनतालाई भनिकन बामपन्थी ।
बुझ्दै जाँदा रैछौ तिमी चरम दामपन्थी ।।
तरकारी मिठो भएन चर्कोचर्को नुनले ।
प्रतिपक्ष सुध्रेन खै गुटैगुटले ।।
प्रतिपक्ष नेताहरु जैले सरकार विरोधमा ।
राम्रो काम भए पनि सधै अवरोधमा ।।
महङ्गीले कति सेक्छौं जनताको ढाडमा ।
चल्ताफुर्ता नेताहरु डनको आडमा ।।।
म सफा गर्छु मेरो नगर भन्ने अभियान चलाए ।
फोहोर जति बाणगंगाको जलमा सेलाए ।।
समयको महत्व, छैन कोइलाई फिटिक्कै ।
तीन घन्टा पछि आउछन, परि चिटिक्कै ।।
भन भन साथी हो – देउसीरे
कनकन साथी हो – देउसीरे
अब कुरौे गरौँ – कसको
स्थानीय प्रदेश – सरकारको
नेताको गाडी – चलेकै छ
उनीहरुको चुलो – बलेकै छ
काम के हो – था छैन
धन्दा के हो – था छैन
प्रदेशको नाम – था छैन
कैले हो तोक्ने – राजधानी ?
भइसक्यो वरै – लाजधानी
स्थानीय – सरकारमा
जतासुकै – भाँडभैलो
मेयर उपमेयर – किचलो
नियम कानुन – मिचेकै छन्
लड्नुसम्म – लडेकै छन्
केमा भन्नुस् – गाडीमा
श्रीमतीको – साडीमा
जनप्रतिनिधि – खोलामा
ढुङ्गागिटी – झोलामा
एकातिर फेरि – देउसीरे
पीच एक महिनामै – भत्कीयो
बीचबीचैमा – खाल्टो भो
यस्तो पनि – विकास
कैले होला – निकास
जंगलमा उस्तै – तस्करी
ठेकदारका मिलमा – रातभरी
हेर्दैन हाम्रो – सरकारले
किन्या छ उसलाई – ठेकदारले
यस्तो पनि – सरकार
गर्न पर्यो – खबरदार
गीत
स्थानीय सरकारको विकासको गतिनी ।
पिच गरेको एक हप्तामा रैछ भत्कीनी ।।
विकासको वजेट जति सेमिनार गोष्ठीमा ।
भाग वण्डा लगाएरै गोजी गोजीमा ।।
सरकारी शिक्षकहरु वोडिङ्का मालिक ।
सुध्रिन्छ बरै शिक्षा कैलै सामुदायिक ।।
अनिवार्य निशुल्क भर्ना अभियान चलाऊ ।
पढाउने शिक्षकहरुले साँच्चिकै पढाऊ ।।
खुल्ला दिसा मुक्त अभियान चल्यों हजुर देशमा ।
चर्पि वने पनि जन्ता जान्छन खेतमा ।।
आहै भनभन साथी हो – भनन
छौ भने नेता – सुनन
बढ्यो धेरै – कर
जनतालाई – डर
उद्योगीहरु – मारमा
बन्द गरेर – कारमा
ढाड सेक्यो – महङ्गीले
सरकारको – डण्डीले
यसरी देश – बन्दैन
विकासको बाटो – खन्दैन
देशको विकास – हुँदैन
स्थानीय – सरकार
प्रदेश केन्द्र, – सरकार
बनाऊ आजै – घरबार
गीत
उद्योगीहरु भन्छन सधै परेउ हजुर मारमा ।
जति सक्छौ छल सरकार हाम्लाई करमा ।।
यो पाराले उद्योग धन्दा चल्न सक्दै सक्दैन् ।
बातावरण वनाउ सरकार कर कोही छल्दैन् ।।
किसानको उत्पादनले उचित मुल्य पाएन ।
कृषि प्रधान देशका किसान खै त चयन ।
वन्दा देखि सियो सम्म सवै चिजको आयात ।
कस्तो बन्थ्यो आत्म निर्भर देश भएत ।।
भनभन साथी हो – देसीरे
स्वर मिलाई भन – देउसिरे
अब हामी – मिलेर
हुँदैन अब – फुटेर
देश बनाऊ – जुटेर
तेरो र मेरो – छोडेर
नजाउ युवा – विदेश
बनाउनु छ – स्वदेश
खेत हाम्रा – बाँझै छन्
युवाको पौरख – खोज्दै छन्
आमाबुबालाई – मानेर
नैतिकता आफै – जानेर
बढेमा देश – बन्नेछ
विकासको बाटो – खन्ने छ
यही सन्देश – छरेर
जान्छौँ हामी – हजुर
अर्को साल फेरि – आउनेछौँ
सन्देश नयाँ – ल्याउने छौँ
यो देउसीको – सन्देशले
मुहार फेर्ने छ – देशले
यति भन्दै – जान्छौँ है
विदा दिनुस् – हामीलाई
हुनेछ देशमा – चमत्कार
दुई हात जोड्यौँ – नमस्कार
गीत
अब देशमा शान्ति सुब्यवस्था आउने छ ।
समृद्ध नेपाल सुखी नेपाली पक्कै हुनेछ ।।
कर्मचारी, न्याय, प्रशासन प्रहरी ।
देश बन्छ काम गरे सबले राम्ररी ।।
महान बुद्ध कपिलमुनी, पाणिनी हो पहिचान ।
तिलौराकोट, जगदीशपुर ताल हाम्रो स्वाभिमान ।।
लुम्बिनीमा शान्तिको कति राम्रो गजुर ।
अर्को साल आउँछौँ फेरि बिदा हजुर ।।
प्रतिक्रिया