दाङ ।
लमही नगरपालिका वडा नम्बर ५ बाट जुवा र कौडा खेलिरहेको अवस्थामा ८ जना व्यक्ति पक्राउ परेका छन । रत्नप्रसाद श्रेष्ठको घरबाट जुवा खेलिरहेको अवस्थामा श्रेष्ठसहित ८ जना व्यक्ति पक्राउ परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
मध्यरातमा छापा मारेर प्रहरीले ६ लाख ७८ हजार पाँच सय रुपैयाँसहित तास र कौडा खेल्नेलाई पक्राउ गरेको हो ।
पक्राउ परेका व्यक्तिहरुलाइ मुलुकी अपराध संहिता ऐन २०७४ को परिच्छेद ५ को दफा १२५ को (जुवासम्बन्धी) कसुरमा मुद्दा दर्ता गरेर कारबाही अगाडि बढाइने प्रहरीले जनाएको छ ।
प्रतिक्रिया