भरतपुर ।
चितवनको खैरहनीमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । खैरहनी नगरपालिका–८ पर्सा बजारमा गए राति नारायणगढबाट भण्डारातर्फ जाँदै गरेको ना६ख १७४१ नं. को बसले विपरीत दिशाबाट आउँदै गरेको ना५५प २१३१ नंको मोटरसाइकललाई ठक्कर दिएको हो ।
बसको ठक्करबाट गम्भीर घाइते बनेका मोटरसाइकल चालक खैरहनी–१ बस्ने ३० वर्षीय अनिल अधिकारीको पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
ठक्कर दिने बस र बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । शवपरीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ ।
यसैगरी नारायणी नदीको पुलबाट हाम फालेका एक जनाको मृत्यु भएको छ । अर्का एक जना बेपत्ता भएका छन् । इलाका प्रहरी कार्यालय नारायणगढले दिएको जानकारीअनुसार आइतबार अपराह्न ४ बजे हाम फालेका अन्दाजी ३०÷३५ वर्षीय पुरुषको शव नदी किनारमा फेला पारिएको हो ।
प्रतिक्रिया