कावासोती ।
नवलपरासीको दलदलेमा रहेको देवचुली पार्टी प्यालेसबाट प्रहरीले २८ जना जुवाडेलाई पक्राउ गरेको छ ।
गएराति छापा मारेर उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ परेकाहरुको साथबाट ५ लाख ८० हजार ५ सय ५० रुपैयाँ नगदसमेत बरामद गरेको प्रहरीले जनाएको छ ।
यसैगरी गुल्मीको गुल्मी दरबार गाउँपालिका ७ गलाममा जुवा खेलिरहेका १७ जना पनि पक्राउ परेका छन् । निलासिंह अधिकारीको घर जुवा खेलिरहेका १७ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक मिनबहादुर घलेले बताए । प्रहरीले जुवाको खालबाट झण्डै ३ लाख रुपैयाँ समेत नियन्त्रणमा लिएको छ ।
त्यस्तै गुल्मी प्रहरीले पटका पड्काउदै हिँडेका ७ जना युवालाई पनि सदरमुकाम तम्घासबाट नियन्त्रणमा लिएको छ ।
११ कार्तिक २०७६ सोमबार ००:००
0
Shares
प्रतिक्रिया