बाबुराम रायमाझी, भलवाड ।
कपिलवस्तुको बाणगंगा ९ चौवाहमा सञ्चालन भएको टोल स्तरीय नकआउट फुटबल प्रतियोगिताको उपाधि युनाइटेड युथ क्लब पडरिया ‘ए’ ले चुमेको छ ।
आइतबार भएको फाइनल खेलमा सिद्धार्थ गौतम युवा क्लव चौवाह ‘ए’ ६ गोल गरी खादै पराजित भएको हो ।
“युवा शक्तिको एकता, आजको आवश्यकता” भन्ने मूल नाराकासाथ हिन्दुहरुको महान चाड शुभ दिपावलीको पावन अवसरमा सिद्धार्थ गौतम युवा क्लवद्धारा प्रतियोगीता आयोजना गरिएको थियो ।
खेल अवधिभर उत्कृष्ट गोल किपर साहारा सिर्जनशिल युवा क्लव भलवाडका सुन्दर घिमिरे, उत्कृट खेलाडी सिद्धार्थ गौतम युवा क्लव चौवाहका प्रदिप पुन मगर, उत्कृट डिफेन्समा सिद्धार्थ गौतम युवा क्लव चौवाहकै शुशिल पाण्डे, सबैभन्दा बढी गोल हान्ने गोलकर्ता युनाइटेड युथ क्लव पडरियाका अजय गुरुङ्ग भएका छन् ।
बजेता टीमलाई कार्यक्रमका प्रमुख अतिथि तथा वडाध्यक्ष ध्रुव वेल्वासेले प्रथम, द्धितियलाई एक/एक वटा खसी कप, मेडल र ट्रफी प्रदान गर्दै खेलमा सहभागी सम्पूर्ण टीमलाई धन्यवाद दिँदै आफूले पनि आफ्नो क्षेत्रबाट सहयोग पुर्याउने व्यक्त गर्नुभएको थियो ।
खेलमा १२ टीमको सहभागिता रहेको थियो । खेल कार्तिक ४ गतेबाट शुरु भएको थियो । कार्यक्रम वडा सदस्य नुमलाल थारुको अध्यक्षतामा केशव पाण्डेको सञ्चालनमा भएको थियो । विशेष साँस्कृतिक कार्यकमका साथ खेल समापन भएको छ ।
११ कार्तिक २०७६ सोमबार ००:००
0
Shares
प्रतिक्रिया