८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

गुल्मीमा २० दिनपछि बल्यो बत्ती



गुल्मी ।
असोज १७ गतेदेखि अध्यारोमा बस्न बाध्य भएका मुसिकोट नगरपालिका ७ र ८ वडाका बासिन्दाले २० दिनपछि उज्यालो पाएका छन् । दरमखोला लघु जलविद्युत परियोजनामा पहिरो गएर नहर अबरुद्ध भएपश्यात् नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र गुल्मीले केन्द्रिय लाइनलाई बिस्तार गरेको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्रका प्रमुख नारायण अर्यालले जनाकारी दिनुभयो ।
अर्यालका अनुसार एकसय केभिएको ट्रान्सर्फमर जडान गरी छ सय घरधुरीमा विद्युत बलेको जानकारी दिनुभयो । दीपावलीको समयमा पनि यसरी स्थानीय अध्यारोमा बस्ने समस्या समाधान गर्नका लागि सबै जनशक्ति लगाएर केन्द्रिय लाइन जडान गरिएको अर्यालले दाबी गर्नुभयो ।
मुसिकोट नगरपालिकामा संचालित दरमखोला र परोपकार जलविद्युत परियोजनाको पिपिए सम्झौता पनि अन्तिम चरणमा पुगेकाले सबै वडाहरूमा करिब चार महिना भित्रैमा केन्द्रिय लाइन बिस्तार गरेरै छाड्ने अर्यालले दाबी गर्नुभयो ।
विद्युत नहुँदा स्थानीय स्तरमा संचालित कुटानी पिसानीलगायत स्थानीय संचार माध्यमलाई पनि समस्या परेको स्थानीयले बताएका छन् । दरमखोला लघु जलविद्युत परियोजनाबाट ७० किलोवाट उत्पादन हुँदै आएको थियो ।

प्रकाशित मिति : ११ कार्तिक २०७६ सोमबार ००:००  ६ : १४ बजे