८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

आज नेवार समुदायको म्ह पूजा



काठमाडौ ।

काठमाडौ उपत्यकालगायत अन्य क्षेत्रमा बसोवास गर्ने नेवार समुदायले आज म्ह पुजा गर्दैछन् ।

साँझ घरमा परिवारका सबै व्यक्ति बसी म्ह पूजा अर्थात् आत्मपूजा गर्ने प्रचलन छ । म्ह पूजामा भाइटीकामा जस्तै विभिन्न रङ्गबाट मण्डप लेख्नुपर्ने र भाइटीकामा जस्तै विभिन्न प्रकारको फलफूल राखिनुपर्नेछ ।

घरको मूलीले सबै सदस्यलाई सगुन दिई टीका लगाई दिने गरिन्छ र पूजा सम्पन्न भइसकेपछि भोज खानुपर्ने प्रचलन रहेको छ । आत्मा सन्तुष्ट भए देवता खुसी हुने र सबै काम फलिफाप हुनाका साथै जीवन पनि सार्थक हुने विश्वासका साथ यो पूजा गरिँदै आएको धार्मिक मान्यता पाइन्छ ।

म्ह पूजा अर्थात स्वयम् पूजा गर्ने प्रथा नेवारी समुदायको ठूलो पर्वको रूपमा लिने गरिन्छ । नेवारी भाषामा म्ह को अर्थ शरीर हो । तर म्ह पूजा अनिवार्य रूपमा गर्ने पर्ने भन्ने छैन ।

प्रकाशित मिति : ११ कार्तिक २०७६ सोमबार ००:००  ६ : ०८ बजे