मायादेवी अनलाइन, वाणगंगा ।
समाजका विकृती, विसङ्गती अन्त्य र सुशासनका लागि आयोजित खबरदारी ‘मायादेवी तीतेपाती देउसी भैलो’ कार्यक्रम आइतबार अपराह्न बैरियामा आयोजना गरिएको छ । जिल्लाको वाणगंगा नगरपालिका वडा नं. १ बैरियामा अवस्थित मायादेवी रिर्सोटमा अपराह्न ‘मायादेवी तीतेपाती देउसी भैलो’ आयोजना गरिएको हो । मायादेवी मिडिया ग्रुप प्रा.लि.द्धारा आयोजित देउसी भैलोको रेडियो मायोदवी १०६ थोप्लो १ मेगाहर्जले प्रत्यक्ष प्रशारण गर्ने भएको छ । यस्तै ‘मायादेवी तीतेपाती देउसी भैलो’को मायादेवी अनलाइन डटकमको फेसबुक पेज मायादेवी अनलाइन (https://www.facebook.com/onlinemayadevi) बाट प्रत्यक्ष हेर्न सकिने व्यवस्था मिलाएको आयोजकले जनाएको छ । कार्यक्रम हेर्नलाई असमर्थ हुनेहरुका लागि रेडियो र अनलाइनबाट सुन्ने र हेर्ने व्यवस्था मिलाइएको हो ।
प्रविधिको उच्चतम प्रयोग गरी आयोजित ‘मायादेवी तीतेपाती देउसी भैलो’ कार्यक्रममा कपिलवस्तुका प्रवुद्ध व्यक्तिहरु पाहुनाका रुपमा रहनु हुने छ भने सर्वसाधारणको पनि उलेख्य उपस्थिती रहने जनाएको छ । आयोजकले जिल्लाका विशिष्ट व्यक्तिहरुलाई आमन्त्रण गरेको जनाएको छ । दर्जन बढी कलाकारले कार्यक्रममा आ आफ्ना प्रस्तुती देखाउने छन् ।
मोफसलमै फरक देउसी भैलो रहेको आयोजकले दाबी गर्दै आएको छ । परम्परागत संस्कतीको जगेर्ना गर्दै समाजमा देखिने विकृती, विसङ्गतीको अन्त्य र सुशासनका लागि ‘मायादेवी तीतेपाती देउसी भैलो’ आयोजना गरिएको हो । कार्यक्रममा कुनै शुल्कको लाग्ने छैन् भने कार्तिक दान भन्दै पैसा नउठाइने आयोजकले जनाएको छ ।
१० कार्तिक २०७६ आइतबार ००:००
0
Shares
प्रतिक्रिया