८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

खुलेन अझै मौसम, कस्तो रहला आज दिनभर



काठमाडौँ । 

देशभर आज (शनिबार)को मौसममा आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

विशेष गरी पूर्वी भूभागमा आंशिक देखि सामान्य बदली र बाँकी भूभागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ । पूर्वी भेगका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना पनि रहेको मौसमविदले बताएका छन् ।

अरब सागर तथा बंगालको खाडीमा रहेको न्यून चापीय प्रणालीको कारणले नेपालको पूर्वी तथा मध्य भूभागको मौसममा प्रभाव पारी आंशिक देखि सामान्य बदली कायम भएको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।

प्रकाशित मिति : ९ कार्तिक २०७६ शनिबार ००:००  ८ : २२ बजे