२ माघ २०८१, बुधबार | Thu Jan 16 2025

कपिलवस्तुमा भारतीय प्रहरी प्रवेश गरी नेपाली नागरिक पक्राउ गरे



मायादेवी अनलाइन, वाणगंगा ।

कपिलवस्तुमा एक नेपालीलाई भारतीय प्रहरीले पक्राउ गरेर भारत तर्फ लगेका छन् । आइतबार अपराह्न केही भारतीय प्रहरी कपिलवस्तुमा प्रवेश गरेर पकडी क्षेत्रका इमरान नाम गरेका एक नेपाली नागरिकलाई पक्राउ गरी भारत लगेको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरिक्षक सुनिल मल्लले यसको पुष्टि गर्नुभएको छ । मायादेवी अनलाइनसंग कुराकानीको क्रममा प्रहरी नायव उपरिक्षक मल्लले पकडी क्षेत्रबाट इमरान नाम गरेका एक जना व्यक्तिलाई भारतीय प्रहरीले लगेको भन्ने सुन्नमा आएको बताउनुभयो । यस विषयमा उहाँले प्रष्ट नबताए पनि नेपाली नागरिक लगेको भने बताउनुभयो ।

इमरानले भारतमा केही अरापध गरेको कारण भारतीय प्रहरीले लगेको हुन सक्ने उहाँले आशंका गर्नुभयो । भारतीय प्रहरीले खुलेयाम नेपाल प्रवेश गरेर नेपाली नागरिकलाई पक्राउ गर्न मिल्छ र भन्ने प्रश्नमा उहाँले दुई पक्षको आपसी समझदारीमा मिल्ने बताउनुभयो ।

‘आवश्यकता अनुसार दुई पक्षबीच सहमती भयो भने समात्न मिल्छ उहाँले कुराकानीको क्रममा भन्नुभयो, तर भारतीय प्रहरी हतियार सहित आउन पाउँदैन् ।’ नेपाल प्रहरीले पनि भारतीय भूमिका गएर सहमतीको आधारमा काम गर्न मिल्ने उहाँले बताउनुभयो । यस विषयमा अनुसन्धान भैरहेको उहाँले बताउनुभयो । खुल्ला सिमानाका कारण अपराधमा संलग्न नेपाल भारत आवात-जावत गर्न सजिलो भएको छ ।

प्रकाशित मिति : ३ कार्तिक २०७६ आइतबार ००:००  ५ : ३८ बजे