२ माघ २०८१, बुधबार | Wed Jan 15 2025

रोनाल्डोले एक वर्षमा इन्स्टाग्रामबाटै कमाए साढे ५ सय करोड, खेल भन्दा ९८ करोड बढी



एजेन्सी ।
फुटबल दुनियाँमा करोडौं प्रशंसक कमाएका खेलाडी क्रिस्टियानो रोनाल्डोले आफ्नो कमाइको ठूलो हिस्सा इन्स्टाग्रामबाट गर्दै आएको खुलासा भएको छ । उनले फुटबल खेलेरभन्दा इन्स्टाग्रामबाट धेरै कमाइ गर्दै आएको ुहापर एचक्यु अन बज बिङ्गोुको रिपोर्टले जनाएको छ ।
३४ वर्षीय रोनाल्डोले एक वर्षमा सामाजिक सञ्जाल इन्स्टाग्रामबाट प्रायोजित पोस्ट गरेबापत पाँच सय ४४ करोड ९४७।८ मिलियन डलर० रूपैयाँ कमाएका छन् । उनले ४९ प्रायोजित पोस्ट गर्दै आएका छन् । उनले एउटा प्रायोजित पोस्ट गरे बराबर करिब ११ करोड ९९ लाख ७५ हजार डलर० रूपैयाँ लिँदै आएका छन् ।

समाचारमा जनाइएअनुसार पछिल्लो समय रोनाल्डो युभेस्टनमा वार्षिक तीन सय ८७ करोड ३४ मिलियन डलर रूपैयाँमा अनुबन्धन भएका थिए । उनीसँगै इन्स्टाग्रामबाट कमाइ गर्ने खेलाडी बार्सिलोनाका लियोलन मेसी दोस्रो स्थानमा रहेका छन् भने भारतीय क्रिकेट खेलाडी विराट ११ औँ स्थानमा रहेका छन् । उनीहरूपछि विश्वका चल्तीमा रहेका कलाकारहरू काइली जेनर, सेलेना गोमेज, प्रियंका चोपडालगायत रहेका छन् । एजेन्सी

प्रकाशित मिति : ३ कार्तिक २०७६ आइतबार ००:००  ४ : ४० बजे