१० मंसिर २०८१, सोमबार | Tue Nov 26 2024

अरनिको बचत तथा ऋण सहकारीको अध्यक्षमा नारायण भाट निर्वाचित



मायादेवी अनलाइन, चन्द्रौटा । 

कपिलवस्तुको शिवराज नपा चन्द्रौटामा रहेको अरनिको बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा नारायण भाट क्षेत्री निर्वाचित हुनुभएको छ । शनिबार भएको दशौं साधारणसभा तथा चौथो अधिवेशनबाट क्षेत्री अध्यक्षतामा निर्वाचित हुनुभएको हो ।

समितिको उपाध्यक्षमा लिलादेवी पाण्डे, सचिवमा द्रोण अधिकारी, कोषाध्यक्षमा नवराज न्यौपाने, सह-सचिवमा कुण्डला गिरी, सदस्यहरुमा गोमा कुँवर, दिनेश खनाल, घनश्याम बेल्बासे, जीवलाल पौडेल, कृष्णमाया भुसाल (कमला), पुष्पराज अधिकारी निर्वाचित हुनुभएको छ ।

यसैगरी अधिवेशनले मधु सिग्देलको संयोजकत्वमा ३ सदस्यिय लेखा समिति समेत गठन गरेको छ । जसको सदस्यहरुमा पदम ढकाल, केशव खनाल रहनुभएको छ ।

साधारणसभालाई सम्बोधन गर्दै प्रदेश सभा सदस्य अर्जुन कुमार केसीले सहकारीले सिमान्तकृत समुदाय, महिला लगायतको क्षेत्रमा लगानी गरी उद्यमशिलता तर्फ लैजानुपर्नेमा जोड दिनुभयो ।

सहकारीले कृषि क्षेत्रमा लगानी गरी कृर्षिमा आत्मनिर्भर बनाउने र कृषिलाई प्रभावकारी बनाउन सहकारीले भूमिका खेल्नु पर्ने उहाँले बताउनुभयो ।

शिवराज नगरपालिकाका नगर प्रमुख नेत्रराज अधिकारीले चन्द्रौटा क्षेत्रमा रहेका सहकारीहरु मध्ये अरनिको सहकारी उत्कृष्ट भएको भन्दै यसको शाख जोगाउनुपर्ने बताउनुभयो । आगामी दिनमा लक्षित वर्गलाई समेट्नुपर्ने उहाँले बताउनुभयो ।

Image may contain: 10 people, people standing and indoor

कार्यक्रममा शिवराज नगरकार्यपालिकाका सदस्य चन्द्र बहादुर गहतराज,  चन्द्रौटा उद्योग वाणिज्य संघका अध्यक्ष जमसेद अलि मियाँ, ब्यापार संघ कपिलबस्तुका अध्यक्ष महादेब पोख्रेल, नेपाल कम्युनिष्ट पार्टी नेकपा शिवराज नगर कमिटी अध्यक्ष दिनेश पुन, समाजवादी पार्टीका नगर अध्यक्ष कृष्ण कुमार चौधरी, नेपाली कांग्रेस नगर सभापति मधु पोख्रेल, मानव अधिकार प्रतिष्ठान कपिलवस्तुका अध्यक्ष विष्णु प्रसाद खतिवडा, दलित महिला अधिकार निगरानी समिति अध्यक्ष मिना परियार लगायतले मन्तव्य राख्नु भएको थियो ।

Image may contain: 9 people, including Deepak Khadhka, people smiling, people standing

प्रकाशित मिति : २ कार्तिक २०७६ शनिबार ००:००  ९ : ४१ बजे