मायादेवी अनलाइन, विजयनगर ।
कपिलवस्तुको विजयनगर गाउँपालिकामा शनिवार एक दिने निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम आयोजना गरिएको छ । चन्द्रौटा हस्पिटल प्रा.लि.को आयोजनामा गाउँपालिकाको वडा नं. १ दुधाधारी माध्यमिक विद्यालय गुगौलीमा स्वास्थ्य शिविर भएको हो । निःशुल्क स्वास्थ्य शिविरबाट ३ सय १५ जना सेवाग्राहीले सेवा लिएका हुन् ।
जसमा १ सय ४४ जना महिला र १ सय ७१ जना पुरुषहरुले स्वास्थ्य सेवा लिएका थिए । उक्त शिविरमा हाड जोर्नी, नशा रोग, बाथ रोग, बाल तथा शिशु रोग लगायतका रोगहरुको स्वास्थ्य जाँच गरिएको बाल तथा शिशु रोग विशेषज्ञ डा. सञ्जय कुमार चौधरीले जानकारी दिनुभयो ।
स्वास्थ्य जाँचको क्रममा सवै भन्दा बढी हाड जोर्नी तथा नशा रोग सम्बन्धित विरामी भेटिएको चन्द्रौटा हस्पिटल प्रा.लि.ले जनाएको छ ।
प्रतिक्रिया