मायादेवी अनलाइन, बुद्धभूमि ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नं. ९ इमिलियामा भएको निशुल्क स्वास्थ्य शिविरमा झण्डै ५ सय बढीले सेवा लिएका छन् । सिटिजन लाइफ इन्स्यौरेन्स र न्यू बुटवल फार्माको आयोजना तथा अनौपचारीक सेवा केन्द्र इन्सेक कपिलवस्तु र बुद्धभूमि नगरपालिका वडा नं. ९ को समन्वयमा इमिलियामा निशुल्क स्वास्थ्य शिविर आयोजना भएको हो ।
स्वास्थ्य शिविरमा मुट, छाती, पेट सम्बन्धी रोग, प्रसुती तथा महिला रोग, दात गिजा सम्बन्धी रोग, हाड जोर्नी तथा नसा रोग सम्बन्धी विरामीले विशेषज्ञ सेवा लिएका छन् ।
यस्तै शिविरमा सुगर परिक्षण गरिएको थियो । शिविरको अवसरमा इन्सेकले मानवअधिकार उल्लङ्घन, ज्यादती तथा महिला हिंसाका विषयमा परामर्श तथा गुनासा सुनाई गरेको थियो । यस्तै सिटीजन लाइफ इन्स्यौरेन्सले जीवन विमाका वारेमा परामर्श सेवा दिएको थियो ।
स्वास्थ्य शिविरमा बुद्धभूमि नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठ, उपप्रमुख मिरा थारु, वडा नं. ९ का वडाध्यक्ष खिमानन्द न्यौपाने लगायतको उपस्थिती रहेको थियो ।
प्रतिक्रिया